अपराध

    Showing 2,221-2,230 of 2,232 items.
  • धनकुटामा खुकुरी प्रहारबाट ६२ वर्षीय पुरुषको हत्या

    झापा / धनकुटाको छथरजोरपाटी गाउँपालिका -३ मा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 105 पटक पढिएको
  • ९० जनालाई बलात्कार गर्ने न्कोसिनाथी जेल चलान

    एजेन्सी / दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनामा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका रहेका राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले जानकारी दिए । पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।    उनले ९ देखि ४४ वर्षसम्मका महिला र बालबालिकालाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाएर बलात्कार गर्न

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 122 पटक पढिएको
  • राईले घाँटी थिचेर गरे दुई वर्षीया छोरीको हत्या

    ओखलढुंगा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –३ अधेरीका ३७ वर्षीय राजेन्द्र राईले दुई वर्षीया छोरीको हत्या गरेका छन् । राईले सोमबार राती दुई वर्षीया छोरी रिताको घाँटी थिचेर हत्या गरेका हुन्।राति मदिरा सेवन गरी घर आएका राईले वादविवाद पछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 106 पटक पढिएको
  • १ सय ७५ किलो गाँजासहित २ जना पक्राउ

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -११ स्थितबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैयाँ समेत बरामद गरेको हो ।अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका-४ सुनसरीका ३१ वर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईँ समेतलाई  प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरूको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी ला

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 118 पटक पढिएको
  • २८ वर्षीया महिला बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

    झापा / कपिलवस्तुमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 120 पटक पढिएको
  • बाह्रदशीका २ युवक ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित  २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका -१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जना रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 116 पटक पढिएको
  • झापाको बुद्धशान्तिमा नवजात शिशुको शव फेला

    बिर्तामोड / झापाको बुद्धशान्तिमा नवजात शिशुको शव फेला परेको छ । बुद्धशान्ति -३ स्थित हँडिया खोलामा आज दिउँसो नवजात शिशु (छोरा) को शव फेला परेको हो । खोलामा सालनाल सहित कपडामा बेरर प्लाष्टिकमा पोका पारेर फालेको अवस्थामा स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । घटनाको जानकारी पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शिशुको शवलाई पोस्टमार्टमको लागि धरान स्थित बी पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाउने तयारी भईरहेका इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले जानकारी दिए । अवैध सम्बन्धका कारण गर्भ रहेकाले घटना ढाकछोप गर्न शिशु फालेको ह

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 250 पटक पढिएको
  • सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ  / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली लगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लामिछानेविरुद्ध १० द

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 197 पटक पढिएको
  • सन्दीप लामिछानेको बहस सकियो , केहीबेरमै आदेश आउने

    काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।  सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 304 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरि ७० वर्षीया आमाको हत्या

    काठमाडौं / काठमाडौंमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका -३ घर भई कागेश्वरी मनोहरा नगरपालिका -८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । आफ्नै डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.