ओखलढुंगा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –३ अधेरीका ३७ वर्षीय राजेन्द्र राईले दुई वर्षीया छोरीको हत्या गरेका छन् । राईले सोमबार राती दुई वर्षीया छोरी रिताको घाँटी थिचेर हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवाद पछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

OM Sai Pathibhara Hospital

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए।

घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।