झापा / धनकुटाको छथरजोरपाटी गाउँपालिका -३ मा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।