एजेन्सी / दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनामा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।

उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका रहेका राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।    

उनले ९ देखि ४४ वर्षसम्मका महिला र बालबालिकालाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाएर बलात्कार गर्ने गरेको प्रवक्ता महन्जनाले बताए । 

त्यति मात्र नभइ गिजर वा अन्य घरायसी उपकरण मिलाउन आउने इलेक्ट्रीशियन भएको बहाना गर्दै बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।