काठमाडौं / काठमाडौंमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका -३ घर भई कागेश्वरी मनोहरा नगरपालिका -८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

OM Sai Pathibhara Hospital