बिर्तामोड / झापाको बुद्धशान्तिमा नवजात शिशुको शव फेला परेको छ । बुद्धशान्ति -३ स्थित हँडिया खोलामा आज दिउँसो नवजात शिशु (छोरा) को शव फेला परेको हो । खोलामा सालनाल सहित कपडामा बेरर प्लाष्टिकमा पोका पारेर फालेको अवस्थामा स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । 

घटनाको जानकारी पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शिशुको शवलाई पोस्टमार्टमको लागि धरान स्थित बी पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाउने तयारी भईरहेका इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले जानकारी दिए । अवैध सम्बन्धका कारण गर्भ रहेकाले घटना ढाकछोप गर्न शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  प्रहरीले  घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

OM Sai Pathibhara Hospital