बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित  २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका -१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जना रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।