अपराध

    Showing 2,091-2,100 of 2,120 items.
  • सिभिल मलमा युवकले आफैंलाई आगो लगाए

      काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार २९–३० वर्षका विशाल गुरुङले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको उनले बताए।प्रहरीले उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टर पुर्‍याइएइको र सेन्टरले र्कीतिपुरको नेपाल क्लिप्ट एण्ड ब्रन अस्पताल पठाइएको छ।घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 145 पटक पढिएको
  • लागुऔषध मुद्धामा फरार महिला कारागार चलान

     झापा / लागुऔषध (गाँजा) मुद्धामा फरार एक जना महिला कारागार चलान भएकी छिन ।२०७७ असोजमा झापा जिल्ला अदालतबाट ७ महिना कैद सजाय सुनाइएकी कमल गाउँपालिका वडा नं ३ की भिमकुमारी लावती बिहिबार कारागार चलान भएकी हुन ।उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले ७ महिनाको कैदसंगै २ हजार रुपैयाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 157 पटक पढिएको
  • श्रोत नखुलेको रकम सहित पक्राउ

    मोरङ / मोरङको विराटनगर महानगरपालिका-७ स्थितबाट  श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर -१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङ्कहरूको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान, ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र  को.२४ प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।श

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 122 पटक पढिएको
  • निर्मला पन्तको हत्या घटनामा अनुसन्धान हुँदै : दुई भारतीय किशोर पक्राउ

    कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुशन्धान भारतीय नागरिकतिर सोझिएको छ। घट्नाको दिन आसपासमै देखिएका दुई भारतीय किशोर पक्राउ परेका छन्।उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ ।                                 हालसम्म घट्नाको चित्त वुझदो उत्तर कसैले दिन सकेका छैनन्। अहिले घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको सिंह न

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 226 पटक पढिएको
  • अमेरिकाबाट अवैधानिक बाटोबाट करोडौं रुपैयाँ भित्र्याउने पृथ्वीबहादुर शाह पक्राउ

    अमेरिकाबाट अवैधानिक बाटोबाट करोडौं रुपैयाँ भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो ।शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद पनि पक्राउ परेका छन् । सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनीहरु सबैलाई हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुले विभिन्न कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (३ करोड २२ लाख बढी नेपाली रुपैयाँ) गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले स्विफ्टमार्फत

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 207 पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रहरी खोरमा

    इटहरी/ पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रसासकृय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएका थियो ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन । कुसुम पोखरेल मगरको यो घटना भने पहिलो हैन । उनि सरकारी पदको दुरुपयोग गर्दै पटक पटक

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 116 पटक पढिएको
  • धरानमा एकल महिलाको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा पठाउने आदेश

    धरान / समूहमा आएका महिलाहरूको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् ।न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन्

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 128 पटक पढिएको
  • १९ वर्षपछि छुटे चार्ल्स शोभराज

     काठमाडौँ / सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका छन्।१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराज लाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको हो।सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराज लाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।शोभराज माथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेक

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 115 पटक पढिएको
  • आले दम्पती मृत फेला

    धादिङ  / धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आलेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 124 पटक पढिएको
  • अनलाइन मार्फत विश्वकपमा सट्टाबाजी गर्ने दुई जना पक्राउ

    काठमाडौं / अनलाइन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ नगरपालिका –८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका –४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पोखरेललाई जमलबाट र पवनलाई नरदेवीबाट आइतबार पक्राउ गरेको हो ।उनीहरूले कतारमा जारी फिफा विश्वकप लगा

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.