धरान—सुनसरीको धरान १५ श्यामचोकबाट प्रहरीले एक सय केजी गाजा सहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिइएको छ ।

मङ्गलबार दिउँसो श्यामचोकबाट पानबारी जाने सेउतीपुल क्षेत्रबाट चाइनिज पेस्तोलबाट एक राउण्ड हवाईफायर गरी एक क्विन्टल केजी गाँजासहित कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पानबारीतर्फ जाँदै गरेको भारतीय कार चेक जाँचका क्रममा प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी कारसहित गाजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । 

प्रहरीले कारलाई रोक्न प्रयास गर्दा तीव्र गतिमा अघि बढेपछि प्रहरीले पछ्याउँदै जाँदा ३५ मिटर पर कार छाडी कारका चालक जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ । कार चेकजाँच गर्दा अवैध लागु औषधगाँजा प्लाष्टिकको पाँच वटा बोरामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चालकले गाडी छोडेर भागेकाले तस्करहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । फरार रहेका कार चालकको खोजी भइरहेको पनि प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।