एजेन्सी— बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले उत्तरपश्चिम टर्किएमा पाँच जनालाई छुरा प्रहार गरेका छन् । 

राजधानी अंकाराबाट करिव २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको थियो । 

OM Sai Pathibhara Hospital

आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ । 

पाँच जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्रमणको अनुसन्धान थालेको बताए । 

परिवार तथा सामाजिक सेवामन्त्री महिनुर ओज्देमिर गोक्तासले घटनाको कारण खेलको लत रहेको र आक्रमणकारी युद्ध भिडियो गेमको प्रभावमा रहेको बताए ।