सिन्धुली— छोराले बन्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् । 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरी स्थित लामपाते बस्ने अन्दाजी  ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् । 

उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटिइ बन्चरो प्रहार गर्ने अमृत घिमिरे विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको समेत प्रहरी निरीक्षक कट्वालको भनाइ छ । 

मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ भने अमृत माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।