अपराध

    Showing 2,081-2,090 of 2,232 items.
  • अवैध सुनसहित चार जना समातिए, १ करोडभन्दा बढीको सम्पत्ति बरामद

    काठमाडौं–नेपालगञ्जबाट अवैध सुनचाँदीसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारु, राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार र बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी पक्राउ परेका हुन। उनीहरूलाई बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारसहित पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी बरामद गरेको छ । यस्तै, नेपालगञ्ज उ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 518 पटक पढिएको
  • धरानबाट १४ सय २० किलो लागुऔषध गाँजा बरामद

    सुनसरी- सुनसरीको धरान उप-महानगरपालिका-१३ साराङगबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आज बिहान ९ बजे ट्रकमा लोड गरेर ल्याउदै गरेको १४ सय २० किलो लागुऔषध गाँजा बरामद गरेको हो । धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गाँजा सहित मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ बर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 602 पटक पढिएको
  • लागुऔषध सहित ४ जना पक्राउ

    विराटनगर- झापा र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले हिजो साँझ २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेत रहेका छन् । भण्डकारीको साथबाट ५ ग्राम ब्राउन सुगर र बस्नेतको साथबाट २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 493 पटक पढिएको
  • ३० वर्षे सेवाहदविरुद्ध २१ प्रहरी अधिकृतले सर्वोच्चमा हाले मुद्दा

    काठमाडौं— सेवाहदका आधारमा अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै नेपाल प्रहरीका २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन्। ३० वर्षे सेवा अवधिका कारण आगामी १५ भदौदेखि अवकाशमा जान लागेका पाँच एसएसपीसहितका अधिकृतले अन्तरिम आदेशको माग गरी रिट दायर गरेका हुन्। पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका छन्। एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी तथा एसपीहरू कृष्ण प्रसाईं, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र नरेन्द्र कार्कीले रिट दायर गरेका हुन्। सर्वोच

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 457 पटक पढिएको
  • नेपाल संगीत उद्योग संघको केन्द्रिय कार्यालयमा प्रहरीको छापा

    काठमाडौं- मानव बेचविखनको आशंकामा प्रहरीले नेपाल संगीत संघको केन्द्रिय कार्यालयमा छापा मारेको छ । प्रहरीको मानवबेचविखन अनुसन्धान ब्युरोको टोलीले अनामनगरस्थित कार्यालमा बुधबार छापा मारेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए ।गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गरेको भन्ने सुचनाका आधारमा ब्युरोले छापा मारेको हो । एसपी मिश्रका अनुसार अहिले कार्यालयमा भएका कागजात जाँच गर्ने कार्य भइरहेको छ । प्रहरीले कार्यालयबाट कम्प्युटर र केही कागजात बराद गरेको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 662 पटक पढिएको
  • कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ

    काठमाडौं— कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ परेका छन् । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुस

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 643 पटक पढिएको
  • धर्मकाँटामा प्रहरीले लगायो ताला

    नवलपुर—  पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्म काँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्म काँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्म काँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 218 पटक पढिएको
  • प्रहरी बिटभित्रै बालिकाको बलात्कार !

    काठमाडौं— प्रहरी बिटभित्रै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ। भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो। हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ। कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी बालिकालाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ।घटना गत २९ असारको हो। सुरुमा दुईजना प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर बालिका र अर्का युवकलाई घर जान भनेर सम्झाएक

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 620 पटक पढिएको
  • पशुपतिनाथको कोटिहोममा प्रहरी पुगेपछि तनाव

    काठमाडौं— पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै  बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 1,121 पटक पढिएको
  • गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने महिला नभइ पुरुष भएको पुष्टि

    काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।जिल्ला प्रहरी परिसर, भक्तपुरले घटना अनुसन्धान भईरहेको जानकारी दिएको छ । उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिएको तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।यस्तै प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।ना ६ ख २१७३ नम्बरको ट्रकले रोकि

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 675 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.