काठमाडौं— कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ परेका छन् । 

भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।

कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।