काठमाडौं- मानव बेचविखनको आशंकामा प्रहरीले नेपाल संगीत संघको केन्द्रिय कार्यालयमा छापा मारेको छ । 

OM Sai Pathibhara Hospital

प्रहरीको मानवबेचविखन अनुसन्धान ब्युरोको टोलीले अनामनगरस्थित कार्यालमा बुधबार छापा मारेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए ।

गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गरेको भन्ने सुचनाका आधारमा ब्युरोले छापा मारेको हो । 

एसपी मिश्रका अनुसार अहिले कार्यालयमा भएका कागजात जाँच गर्ने कार्य भइरहेको छ । 

प्रहरीले कार्यालयबाट कम्प्युटर र केही कागजात बराद गरेको छ ।