अपराध

    Showing 1,551-1,560 of 2,232 items.
  • रास्वपाले चलाएको हस्ताक्षर अभियानमा प्रहरीको हस्तक्षेप

    झापा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै दमकमा शनिबारबाट सञ्चालन गरिएको अभियानमा प्रहरीले हस्तक्षेप गर्दै माइक खोसेर भाँचिदिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।पाठकका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी कार्यक्रमलाई कारण देखाउँदै प्रहरीले अभियान रोक्न दबाब दिएको थियो। ‘रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 832 पटक पढिएको
  • शहर फेरिए, रहर फेरिए — फेरिएन त केवल छाउसोच

    काठमाडौं— घाम अस्ताउँदै थियो, कृष्णपुर–१ निगालीको एउटा पुरानो टिनको छानो भएको घरको आँगनमा। घरको झ्यालबाट हेर्दा हरियो धानबारी लहराइरहेको थियो। तर त्यही हरियालीभित्र, एउटा कथा आइरहेको थियो– पीडाको, बेवास्ताको, र कुप्रथाको कथा।कमला औजी २८ वर्षकी थिइन्। पहाडी जिल्ला अछामको मल्लेखबाट बसाइँ सरेर कञ्चनपुरको कृष्णपुरमा आएकी थिइन्। सपना थियो— छोरीलाई राम्रो विद्यालयमा पढाउने, आफ्ना दिनचर्यामा सजिलो ल्याउने, पहाडको कठोरता छोडेर तराईको सपनामा रमाउने।तर जसरी झरीसँगै कीरा पनि झर्छ, त्यसैगरी सँगै ल्याइएकी थिइन् एक गहिरो सोच छाउसोच।महिनावारी सुरु भएको दोस्रो दिन थियो। घरका चार जना कोठाभित्र आरामसँग थिए, तर

    • प्रकाशित मितिः असार २९, २०८२
    • 1,128 पटक पढिएको
  • नागिरकता किर्ते गरेकाे आरोपमा वडा अध्यक्ष पक्राउ

    काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २९, २०८२
    • 506 पटक पढिएको
  • गाजामा राहत केन्द्र नजिकै गोलीकाण्डमा परी २४ जनाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजामा रहेको एक राहत केन्द्र नजिकै गोलीकाण्डमा परी कम्तीमा २४ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।स्थानीय समयअनुसार शनिबार, सयौँ प्यालेस्टिनीहरू राहत सामग्री लिन केन्द्रमा जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मानिसहरू खाना लिनको लागि केन्द्रमा जम्मा भएका थिए, त्यहीबेला अचानक गोली चलाइएको हो।इजरायली रक्षा बल (आईडीएफ) ले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईडीएफ का एक अधिकारीले भनेका छन्, “मानिसहरू तितरबितर पार्न चेतावनीस्वरूप गोली चलाइएको थियो। हाम्रो सुरक्षामा खतरा महसुस भएकाले मात्र कारबाही गरिएको हो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 741 पटक पढिएको
  • डलर साटिदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित

    • प्रकाशित मितिः असार २९, २०८२
    • 546 पटक पढिएको
  • दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

    सिरहा— सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय राम उदगार मलाह रहेका छन्। मलाहलाई विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः असार २९, २०८२
    • 623 पटक पढिएको
  • छाउगोठको त्रास फेरि देखियोः सुतिरहेका बेला सर्पले टोकेपछि महिलाको मृत्यु

    कञ्चनपुर— जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु  भएको छ।छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको थियो। कमला सुतिरहेको बेला सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सु

    • प्रकाशित मितिः असार २९, २०८२
    • 536 पटक पढिएको
  • लागू औषध सहित झापा र सुनसरीबाट ६ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषधसहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय दमकका अनुसार, गोप्य सूचनाको आधारमा झापाको दमक नगरपालिका–४ बाट चार जना युवालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दमक–४ की १९ वर्षीया प्रिया तामाङ, दमक–५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र दमक–१० का २७ वर्षीय मनोज खनाल रहेका छन्। उनीहरूको साथबाट ३५० क्याप्सुल र ३५० वटा नशालु चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले सुनसरीको इटहरी–४ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६

    • प्रकाशित मितिः असार २९, २०८२
    • 506 पटक पढिएको
  • सर्लाही पुतलीचोकमा यौनधन्दा रोक्न रास्वपाको ध्यानाकर्षण.....

    सर्लाही, । सर्लाहीको बागमती नगरपालिका–पुतलीचोक क्षेत्रमा अवैध यौनधन्दा संचालन भइरहेको गुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र बुझाएको छ।रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार, स्थानिय नागरिक र सञ्चारकर्मीहरूले बारम्बार इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि बेवास्ता भएकाले बाध्य भएर जिल्ला प्रशासनमार्फत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।हामीसँगको संवादमा सभापति बानियाँले भने, “ध्यानाकर्षण पत्रमा पुतलीचोकमा भइरहेको अवैध क्रियाकलापबारे स्पष्ट रूपमा उल्लेख छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 1,419 पटक पढिएको
  • रुसको हवाई आक्रमण: युक्रेनका सैन्य क्षेत्रहरूमा लगातार बमबारी...

    एजेन्सी, असार २७ रुसले युक्रेनका सैन्य हवाई क्षेत्रहरूमा लगातार हवाई आक्रमण गरिरहेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनी सैन्य पूर्वाधारमा ठूलो मात्रामा आक्रमण गरिएको हो ।खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्क लगायतका क्षेत्रमा युक्रेनी सेनाका धेरैजसो आक्रमणहरू विफल पारिएको दाबी गर्दै रुसले युक्रेनी सैन्य उपकरणहरू नष्ट गरिएको जनाएको छ । निकोलाभ क्षेत्रमा रहेको युक्रेनी तैनाथी क्षेत्रमा मिसाइल आक्रमण गरिएको भिडियो पनि सार्वजनिक गरिएको छ ।युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि रुसले कीभ र अन्य शहरहरूमा १० घन्टासम्म आक्रमण गरे

    • प्रकाशित मितिः असार २७, २०८२
    • 624 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.