काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।
सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।
सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।
काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट र गत निर्वाचनमा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए