अपराध

    Showing 1,351-1,360 of 1,406 items.
  • रौतहटमा गोली हानी एक जना एकको हत्या

    रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 70 पटक पढिएको
  • एमाले नेताको छुरा प्रहार गरी हत्या

    राैतहट । राैतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए। छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 254 पटक पढिएको
  • व्यापारीमाथि खुकुरी प्रहार

    विराटनगर । विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 209 पटक पढिएको
  • भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापामा पक्राउ

    काठमाडाैँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापामा पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 203 पटक पढिएको
  • मेयर प्रेमलाल साह कानु विरुद्ध पक्राउ पुर्जी जारी

    रौतहट । नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने मेयर प्रेमलाल साह कानु विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाएका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पूर्जी जारी गरेको हो ।आइतबार गणित विषयको एसईई चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।मेयर कानुको एसईई दिने साह नाताले ज्वाइँ पर्ने रेडियो नेपालको बर्दिवास शाखामा पाचौँ तहमा का

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 173 पटक पढिएको
  • नेपाली सेनाको सर्भरमा आक्रमण गरेको आरोपमा युवक पक्राउ

     कामठाडौँ । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ।सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा–१९ बाटुलेचौरबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।काठमाडौं जिल्ला अदालतले

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 100 पटक पढिएको
  • गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अध्यक्ष अख्तियारको फन्दामा

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो।आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 131 पटक पढिएको
  • लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जना पक्राउ

    काठमान्डौ  ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन् थिइन।  काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन् तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्ष

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 207 पटक पढिएको
  • प्रहरीकाे छापा, १० किलाे चरेश सहित कुर्मी पक्राउ

    मधेस प्रदेश । लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा प्रहरीले छापमारी गरी एक जनालाई पक्राउ गरेकाे हाे ।बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साेमबार विहान ०२:३० बजेको समयमा कानूनी रीतपुर्‍याइ निजको घरकोठा खानतलासी गर्दा लागु औषध चरेश ९ केजी ८०० ग्राम बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडाे

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 204 पटक पढिएको
  • गाँजा सहित मानिस तथा मोटरसाइकल नियन्त्रणमा

    कोशी  ।  गाँजा सहित मानिस तथा मो.सा. नियन्त्रणमा इप्रका धरानले नियन्त्रणमा लिएको छ। मिति २०७९।१२।०७ गते बिहान  ०३:३० बजेको समयमा बिशेष सुराकीको आधारमा ईप्रका धरानबाट खटिएको टोलिले चेक जाचको क्रममा फेला पारेको हो। जिल्ला सुनसरी धरान २० सिरिसे गाँउ  स्थितमा चेकजाँच गर्दा  जि.धनकुटा साँगुरीगढी गा.पा.-९ आहाले बस्ने वर्ष-२५ को जितेन राई ले प्र.१-०२-०५१ प.२३०५ नम्बरको मोटरसाइकलमा फेला पारेको हो।मोटरसाइकलमा गाँजा ३१ के.जि. ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र ऐ. ०५;०० बजेको समयमा  टोलिले धरान-११ सुनौलो वस्ति बस्ने बर्ष-४७ की विष्णु माया राई ले घर कोठामा ल

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 132 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा