सप्तरी— जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेवाबाट करिब ४ सय किलो गाँजा प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार साँझ उक्त गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गाँजा झाडीमा बेवारिसे अवस्थामा लुकाएर राखिएको थियो।

सुरक्षाकर्मीहरूले १७ वटा पोकामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय ९७ केजी गाँजा फेला पारेका हुन्।

हाल गाँजा आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।