हेटौंडा— हेटौंडामा व्यापारी र वडाध्यक्षलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। जेठ २९ गते हेटौंडा–१० मा रहेको दास इम्पोरियमका सञ्चालक राजाबाबु दासलाई फलामे रड र काठको बेलनले कुटपिट गर्ने बुद्ध मोक्तान (हरि) पक्राउ परेका हुन्। 

उनी हेटौंडा–१२, पदमपोखरीका हुन् । उनी घटनापछि घरमा लुकिछिपी बसिरहेका थिए।

त्यस्तै, असार ४ गते हेटौंडा–१ वडा कार्यालयमै वडाध्यक्ष सविन न्यौपानेलाई कुटपिट गरेको आरोपमा विजय थिङ (नेप्टे) पक्राउ परेका छन्। उनी मनहरी गाउँपालिका–२ का हुन् र हेटौंडा–८, कमानेबाट पक्राउ परेका हुन्।

जनप्रतिनिधिमाथिको आक्रमणपछि हेटौंडा उपमहानगरका वडाध्यक्ष र उपमेयर राजेश बानियाँले असुरक्षाको महसुस गराउँदै दुई दिन आन्दोलनस्वरूप सेवा प्रवाह गरेका थिए।