सुर्खेत— नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति दैलेखको दुल्लु नगरपालिका–५ का ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३ स्थित गुप्तीपुरको श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अधिवक्ता तहको ३३औँ परीक्षामा सहभागी हुन आएका थिए। तर, उनी मादक पदार्थ सेवन गरेको अवस्थामा परीक्षा केन्द्रमा पुगेका थिए।
परीक्षा सञ्चालन भइरहेको बेलामा मापसे गरेर होहल्ला गर्नुका साथै परीक्षा वातावरणमा खलल पु¥याएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
डीएसपी बुढ्थापाले भने, 'मापसे गरी परीक्षाको वातावरणमा खलल पुर्याएको कारण उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।'






































