काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्याएर मिर्गौला निकालेको खुलेको छ ।
संगठित मिर्गौला निकाल्ने गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको जानकारीमा आएको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।