काठमाडौं- हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्। यस विषयमा केही दिनभित्र पत्रक
काठमाडौं— भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवलदारसहित ४ जना पक्राउ परेका छन् ।ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवलदारसहित ४ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।पक्राउ पर्ने प्रहरी हवलदार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’मा कार्यरत रहेका छन् ।पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
इलाम— इलामको जौबारी तुम्लिङफाटक सीमाबाट अवैधरुपमा नेपाल भित्रिएका सामान बरामद भएको छ। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले चेकजाँचका क्रममा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामग्रीहरूमा २७ हजार मूल्य बराबरको गमबुट, १२ हजार रुपैयाँ मूल्य बराबरको चामल, चार हजार मूल्यको पार्लेजी बिस्कुट, आठ हजार रुपैयाँ बराबरको बिँडी, युरिया मल, भाडा धुने सावुन तथा तीन लाख ३१ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका रक्सी तथा १० लाख रुपैयाँ बराबरको दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक हेमबहादुर श्रेष्ठको नेतृत्वमा सीमा क्षेत्रको सुरक्षार्थ
काठमाडौं– गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सोमबार बिहान भएको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।उनको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल रहेको छ ।
काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान छन्।गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।मृतकको नाम खुल्न सकेको छैन। सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्। घटनाको पुष्टि गर्दै निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले थप विवरण आउन बाँकी रहेको बताए ।
हेटौंडा । मकवानपुरको हेटौँडाबाट ठूलो मात्रामा भेप तथा भेपको फ्लेवरहरू बरामद भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भेपसहित पाँच जनालाई पक्राउ गरेको हो । मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैध रूपमा भन्सार छली ल्याएको दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरूसहित पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङस्थित सडकखण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेक
झापा । ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । झापा गाउँपालिका– १ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र साइकलको पछाडि बस्ने वर्ष २० वर्षीय तोसिफ आलम छन् । प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँचजनालाई थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश कपिलमणि गौतमको इजलासले पक्राउ परेकामध्ये एक सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बाँकी पाँचजना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।उनले भने, ‘पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौं जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठ
काठमाण्डौ । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो ।तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको बताइएको छ । फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ । सोही कारण नेपालगन्जदेखि गुण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गरिएको कँडेलमाथि आरोप लागेको छ ।एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.