अपराध

    Showing 1,291-1,300 of 2,232 items.
  • सामूहिक बलात्कार आरोपमा धनुषाका वकिल राय पक्राउ

    जनकपुरधाम— सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।धनुषा प्रहरीका अनुसार अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता जाहेरी दिएकी थिइन्।प्रहरीले जनाएको अनुसार घटना २०७८ माघ १२ गते घटेको हो। प्रारम्भिक अनुसन्धानपछि रायलाई नियन्त्रणमा लिइएको हो।शनिबार उनलाई धनुषा जिल्ला अदालतमा पेस गरी आवश्यक अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 759 पटक पढिएको
  • कटुवा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

    बाँके– नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोरसमेत दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 671 पटक पढिएको
  • ७२ किलो गाँजासहित पाँचजनाको समूह धरानबाट पक्राउ

    धरान— सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित ओशो पार्क जंगलमा ठूलो परिमाणको गाँजासहित पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध गाँजा कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट ७२ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। बरामद गरिएको गाँजा ६ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको उनको भनाइ छ ।गाँजासहित पक्राउ पर्नेमा धरान–२० बस्ने ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी–१० बस्ने ३४ वर्षीय प्रदी

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 581 पटक पढिएको
  • गोंगबु होटलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

    काठमाडौं— काठमाडौंको गोंगबुस्थित बसपार्क नजिकैको एक होटलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।काभ्रेपलाञ्चोक घर भई हाल बूढानीलकण्ठ बसोबास गर्ने सन्तोष सेन्चुरीलाई वीरगन्जबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।शुक्रबार राति करिब ११ बजेतिर गोंगबुस्थित होटलको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विकको शव खाटमुनि शंकास्पद अवस्थामा फेला परेको थियो। शव भेटिएपछि काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।शवको सनाखत ललिता विकको रूपमा भएको र पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 620 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

    विराटनगर— झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका–३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी–७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 665 पटक पढिएको
  • ९८ किलो गाँजासहित बगैँचाबाट ठुलो परिमाणमा लागुऔषध फेला

    सप्तरी— सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका—११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 685 पटक पढिएको
  • कारागारबाट भागेका कैदी तीन दिनपछि पक्राउ परे

    सुनसरी— सुनसरीको झुम्का कारागारबाट भागेका कैदी तीन दिनपछि शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए।जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 607 पटक पढिएको
  • लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो, चार जना पक्राउ

    नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्‍यो,' घर्तीले बताए।गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडिय

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,136 पटक पढिएको
  • क्रिप्टो करेन्सी कारोबारमा संलग्न ४ जना पक्राउ

    काठमाडौं – क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।काठमाडौंको कालोपुलस्थित डेरा कोठाबाट उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।पक्राउ पर्नेमा बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह र भारत विहारका ३३ वर्षीय विक्रम जयसवाल तथा ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउको क्रममा प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार रुपैयाँ नगद र पाँच थान मोबाइल पनि बराम

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 430 पटक पढिएको
  • भ्रष्टाचारमा दोषी ठहरिएकै मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

    काठमाडौं – विशेष अदालतले माओवादी केन्द्रका नेता तथा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना तोकेको छ।साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई पनि अदालतले दोषी ठहर गर्दै उनीहरूलाई पनि ८/८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको संयुक्त इजलासले मेयर थापा, पोखरेल र पौडेलले ३० करोड २९ लाख ३४ हजार ८

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 684 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.