अपराध

    Showing 1,151-1,160 of 2,232 items.
  • लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या

    सुनसरी— लेनदेनको विषयमा उत्पन्न विवाद हिंसात्मक झगडामा परिणत हुँदा इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ।घटनामा संलग्न भएको आरोपमा स्थानीय ५५ वर्षीय लाले चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटका कारण गम्भीर घाइते भएका रामकुमारलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले घटनापछि तत्काल लाले चौधरीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार लेनदेनसम्बन्धी विवादकै कारण झगडा भएको बताइएको छ।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 611 पटक पढिएको
  • जेनजी आन्दोलनमा उद्योग विभागको भवन क्षतिग्रस्त, सेवा भने सुचारु

    काठमाडौं—  जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट उद्योग विभागको भवन र अन्य संरचनामा क्षति पुगेको छ। आन्दोलनकारीहरूले विभागको भवन बाहिरका भागमा ढुंगामुढा तथा तोडफोड गरेपछि केही भौतिक संरचना क्षतिग्रस्त भएका हुन्।यद्यपि, विभागले आफ्नो प्राविधिक तथा प्रशासनिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाएको छ। विभागका अनुसार आन्तरिक कर्मचारीको समन्वय र सुरक्षाकर्मीको सहयोगमा सेवा प्रवाहमा कुनै बाधा नआएको हो।घटनापछि सुरक्षाका दृष्टिले विभाग परिसरमा थप प्रहरी परिचालन गरिएको छ। विभागले सेवा लिन आउने सेवाग्राहीलाई संयमता अपनाउन आग्रह गरेको छ भने क्षति मूल्यांकनको काम सुरु भइसकेको जनाएको छ।सरकारले आन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 583 पटक पढिएको
  • कारागारबाट फरार कैदी पर्साबाट पक्राउ, श्रीमतीको हत्यामा दोषी ठहर

    काठमाडौं— काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति कालिकामाई गाउँपालिका–५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी हुन्। उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेल तोडफोडपछि भागेका थिए।इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलबार आफ्नै गाउँबाट पक्राउ गरेको हो।कुर्मीलाई पर्सा जिल्ला अदालतले आफ्नै श्रीमती ३५ वर्षीया संगिता देवी कुर्मीको हत्या गरेको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको थियो। उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका थिए।फरार भएपछि उनी गाउँमै लुकीछिपी बस्दै आएका थिए।प्रहरीले आवश्यक कानुन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 506 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय रोनक मदनी रहेको विमानस्थल प्रहरीले जनाएको छ। भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीको शारीरिक हाउभाउ शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो।प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो। त्यहाँ गरिएको भिडियो एक्सरेबाट मलद्वारभित्र लुकाइएको अवस्थामा तीनवटा डल्लामा राखिएको ८३५ ग्राम सुन फेला परेको हो।बरामद गरिएको सुन अवैध रूपमा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 768 पटक पढिएको
  • बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका

    बाजुरा— बाजुरामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बाजुरामा गत आर्थिक बर्ष २०८१/८२ मा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् भने चालू आर्थिक बर्षको ३ महिना असोज ७ गतेसम्म मात्रै विभिन्न प्रकृतिका ११ वटा मुद्दा दर्ता भएका छन्।गत आर्थिक बर्षमा सबैभन्दा बढि भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जवरजस्ती करणी, अपहरण गरि जवरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 689 पटक पढिएको
  • प्युठानमा खोलाले बगाउँदा १० वर्षीया बालिका बेपत्ता

    दाङ— प्युठानको झिमरूक गाउँपालिका–८ मा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार १० वर्षीया खुसी सामत मंगलबार दिउँसो झिमरूक खोलामा पौडी खेल्ने क्रममा बगेर हराएकी हुन्।दिउँसो करिब १ः४५ बजे घटनास्थल नजिकै खेल्ने क्रममा खुसी खोलाको भेलमा बगेको स्थानीयहरूले देखेका थिए। खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी टोली र स्थानीयवासी खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ।घटनास्थल आसपास खोजी जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 495 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

    झापा— झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा गएराति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा खुकुरी र अन्य धारिला हतियार प्रयोग गरी मारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका प्रेमकुमार राई र रामकुमार राईलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट खुकुरी र बसिला समेत बरामद गरिएको जानकारी दिइएको छ।हत्या घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलको परीक्षण तथा प्रमाण संकलनको काम अघि बढाएको छ।प्रहरीले मृतकको कानुनी प्रक्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 641 पटक पढिएको
  • सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

    सिराहा— सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन् । उ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 520 पटक पढिएको
  • १५ वर्षे किशोरको अपहरणपछि शव भेटियो

    सिरहा—  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए ।  यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ । अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 577 पटक पढिएको
  • दैलेखका लेखा प्रमुख घुससहित सुर्खेतमा पक्राउ

    दैलेख— डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख टङ्कबहादुर कार्की घुस लिएको अभियोगमा रु १ लाख नगदसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मङ्गलगढी चोकबाट आइतबार राति नियन्त्रणमा लिएको हो।कार्की गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत हुन्। उनलाई सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।पक्राउ परेपछि कार्कीमाथि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको आयोगले

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.