दाङ— प्युठानको झिमरूक गाउँपालिका–८ मा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार १० वर्षीया खुसी सामत मंगलबार दिउँसो झिमरूक खोलामा पौडी खेल्ने क्रममा बगेर हराएकी हुन्।

दिउँसो करिब १ः४५ बजे घटनास्थल नजिकै खेल्ने क्रममा खुसी खोलाको भेलमा बगेको स्थानीयहरूले देखेका थिए। खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी टोली र स्थानीयवासी खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ।

घटनास्थल आसपास खोजी जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।