अपराध

    Showing 1,111-1,120 of 2,232 items.
  • बालिका हत्याको आरोपमा एक जना पक्राउ

    बर्दिया— बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलम

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 478 पटक पढिएको
  • कैलालीमा भान्साकोठाबाट पेस्तोलसहित एक युवक पक्राउ

    धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 718 पटक पढिएको
  • बालेन र सुदनबिरुद्ध युवराज सफलले पनि दिए जाहेरी

    काठमाडौं— युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।यसअघि मंगलबार एमाले निकट अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिएका थिए।पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध यसअघि मृतकका परिवारले जाहेरी दिएका थिए।प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगलाई पठाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 556 पटक पढिएको
  • रूसको अग्रगमन, युक्रेनको आणविक केन्द्रमाथि ड्रोन हमला प्रयास

    काठमाडौं— रूसले सोमबार युक्रेनविरुद्धका सबै मोर्चामा सैन्य अग्रगमन गरेको दाबी गरेको छ, जबकि युक्रेनले रूसको नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको बताइएको छ ।रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार डोनेट्स्क र जापोरिजिया क्षेत्रमा एउटा–एउटा बस्तीमाथि नियन्त्रण कायम गरिएको छ । साथै, रूसी सेनाले युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकूहरू रहेका अस्थायी बेस, इन्धन भण्डार, ऊर्जा तथा यातायात संरचनामाथि १४८ स्थानमा आक्रमण गरेको छ । त्यस क्रममा ४१६ फिक्स्ड–विङ ड्रोनहरू पनि खसालिएको बताइएको छ ।रूसी सर्वोच्च सेनापति भ्यालेरी गेरेसिमोभले मंगलबार बताएअनुसार, “रूसी सेना सबै दिशामा अगाडि ब

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 630 पटक पढिएको
  • सुनसरीमा जुवाको खालमा प्रहरीको छापा, ७ जना पक्राउ

    सुनसरी— जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी ५२ वर्षीय रमानन्द महतोसहित अन्य ६ जना रहेका छन्। उनीहरूलाई मंगलबार राति छापा मारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँसहित १६ बुक तास बरामद गरेको जनाएको छ।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 591 पटक पढिएको
  • किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    बाँकें— बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ उर्लिहवाबाट १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।थारूले पीडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 568 पटक पढिएको
  • ओली र अन्य चार जना 'ब्ल्याकलिस्ट' मा, कारण यस्तो

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राह

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 695 पटक पढिएको
  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    त्रिशूली (नुवाकोट), २२ असोज : घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । 

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 510 पटक पढिएको
  • घरेलु विवादपछि श्रीमानले गरे श्रीमतीको हत्या

    नुवाकोट— नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको मृत्यु भएको छ। जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सबिना तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मंगलबार साँझ घरेलु विवादपछि तामाङले आक्रोशमा आएर श्रीमतीमाथि प्रहार गरेका थिए। सबिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि तामाङलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी लामाले जानकारी दिए। प्रारम्भिक बयानमा जीतमानले घरेलु विवादकै कारण हत्या गरेको स्वीकार गरेका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 689 पटक पढिएको
  • मुख्यमन्त्री पाण्डेको घरमा आगजनी गर्ने युवक पक्राउ

    काठमाडौं—  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थायी घर भई हाल पोखरा–७, राष्ट्र बैंक चोकमा बसोबास गर्दै आएका २२ वर्षीय संयोग थापा हुन्।गत असोज १२ गते राति मुख्यमन्त्रीको घरमा आगजनी भएको घटनापछि फरार रहेका थापालाई प्रहरीले खोजतलासपछि नियन्त्रणमा लिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंकको पर्खाल नजिक रहेको एनआईएमबी बैंकको एटीएम मेश

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 739 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.