नुवाकोट— नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको मृत्यु भएको छ। जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सबिना तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मंगलबार साँझ घरेलु विवादपछि तामाङले आक्रोशमा आएर श्रीमतीमाथि प्रहार गरेका थिए। सबिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तामाङलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी लामाले जानकारी दिए। प्रारम्भिक बयानमा जीतमानले घरेलु विवादकै कारण हत्या गरेको स्वीकार गरेका छन्।