बाँकें— बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ उर्लिहवाबाट १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
थारूले पीडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।