सुनसरी— जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी ५२ वर्षीय रमानन्द महतोसहित अन्य ६ जना रहेका छन्। उनीहरूलाई मंगलबार राति छापा मारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँसहित १६ बुक तास बरामद गरेको जनाएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।