काठमाडौं— युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।
सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।
यसअघि मंगलबार एमाले निकट अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिएका थिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध यसअघि मृतकका परिवारले जाहेरी दिएका थिए।
प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगलाई पठाएको छ।