धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। 

प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।