कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित एक उखुबारीमा बाघ देखिएको आशंकापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। सो क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मात्र करिब १०० मिटरको दूरीमा पर्छ।
बेलडाँडी–२ का वडाध्यक्ष नारदसिंह अर्यालका अनुसार आज बिहान करिब ७ बजे उखुबारीमा बाघ देखिएको हो। "बाघ अझै नियन्त्रणमा आएको छैन, स्थानीय निकै डराएका छन्," उनले बताए। हाल निकुञ्जबाट हात्ती र प्राविधिकसहितको टोली त्यसतर्फ गइरहेको छ।
यद्यपि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले प्रारम्भिक अनुमानमा उक्त जनावर बाघ होइन, चितुवा हुनसक्ने बताएका छन्। "हामीले प्राविधिकसहित दुईवटा हात्ती पठाएका छौँ। नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ," वाग्लेले जानकारी दिए।
निकुञ्जको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा परिचालित गरिएको छ।






































