काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइरालाले आइतबार बिहान र दिउँसो समूह/समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।
यसअघि उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेट गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइरालाले असन्तुष्टी जनाउँदै आएका छन् । ओली नेतृत्वको सरकारमा कोइरालाले पक्षबाट ४ जना मन्त्री सहभागी छन् ।
कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन्।