काठमाडौं— अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ । सम्भवतः यो अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।