काठमाडौं— नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुँदैछ।
कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र गौतमले सम्बोधन गर्नेछन्। सहमतिअनुसार एकतापछि बन्ने पार्टीमा गौतम तेस्रो वरियतामा रहनेछन्।
यसअघि, गौतम नेकपा एमालेमा फर्कन खोजेका थिए, तर अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिएका थिए। सर्वोच्च अदालतको आदेशले तत्कालीन नेकपा एमाले–माओवादी एकता भंग भएपछि गौतमले २०७७ पुस २५ गते 'नेकपा एकता राष्ट्रिय अभियान' सुरू गरेका थिए।