बाजुरा — बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार मृतक बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा हुन्।
बुढथापा दाउरा संकलनका लागि बुढीगङ्गा–३ र ६ को बीचमा पर्ने नदी किनारमा गएका थिए। त्यस क्रममा नदीले बगाउँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए।
घर नफर्किएपछि परिवारले खोजी गर्दा उनको शव करिब एक किलोमिटर तल नदी किनारमा फेला परेको थियो। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।