काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताका बेला देखिएको सपना जस्तै बाटोमा देश अघि बढ्न नसकेको उल्लेख गरे। “शान्ति सम्झौतामा गरेका प्रतिवद्धता अनुसार देश अगाडि बढ्न सकेन,” उनले भने, “देश आज बहुआयामिक संकटको चपेटामा परेको छ।”
प्रचण्डले संविधान निर्माणका क्रममा लामो र गहन बहसपछि जनतासँग गरिएको प्रतिबद्धता सम्झाउँदै प्रश्न गरे, “के हामी ती प्रतिबद्धताहरू कार्यान्वयन गर्नतर्फ अघि बढिरहेका छौं?”