काठमाडौं । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेर आजसम्म हिरासतमा राखेको छ।
डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५’ शब्द लेखेकै कारण उनलाई कारबाही गरिएको बताइएको छ। यो घटनापछि सर्वसाधारणले प्रजातन्त्र, गणतन्त्रजस्ता शासन प्रणाली आएपछि पनि बोल्ने अधिकार र लेख्ने अधिकार हनन हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन्।
सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन्।