काठमाडौं / बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट १०० किलो भन्दा बढी सुन बरामद गरेसँगै सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान र चितवनका अशोक लामा रहेको बताइएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ । यस अघि प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ ।