बिर्तामोड / झापाको दुर्गापुर स्थित भृकुटी स्कुल अगाडि मोटरसाइकल र पानी बोक्ने गाडी एक आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गौरादह बस्ने ३० वर्षीय कुमार दर्जी रहेका छन् । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०१-०१६ प५ ०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको १००१ च ७४०७ नम्बरको पानी बोक्ने गाडी (छोटा हात्ती) एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

 दुर्घटनामा परि गम्भीर घाइते भएका दर्जीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता छोटा हात्ती चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।