काठमाडौँ / प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिष थापा रहेका छन् । 

काठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरूलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।