झापा / काभ्रेको धुलिखेलबाट काठमाडौं जाँदै  गरेको यात्रुबाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ । बा ३ ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुङ्गे पुलमुनि दुर्घटनामा परेको हो ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ ।