काठमाडौँ / काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  पक्राउ परेकी छन् । भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी ५५ वर्षीया अभया विश्‍वकर्मा शनिबार दिउँसो पक्राउ परेकी हुन् । 

विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस  हिरा  भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।