काठमाडौँ / सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । यसक्रममा सहकारी पीडितहरूले सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
र्याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालक माथि कारबाही लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।