बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -४ का १० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाई तालिमपछि मेसिन वितरण गरिएको छ । बुद्धशान्ति - ४ वडा कार्यालयबाट सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम पश्चात निःशुल्क मेसिन वितरण गरिएको हो ।
सिलाई कटाई सम्बन्धी आधारभुत तालिम लिइसकेका महिलाहरूलाई दिएको एडभान्स कोर्षको समयावधि १ महिनाको रहेको थियो । महिलाहरूलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको सहजीकरण यमुना बजगाईँले गरेकी थिइन् ।
वडाध्यक्ष शेर बा रायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलको आतिथ्यता रहेको थियो । मेसिन वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष रायले आफले सिकेको सीपलाई व्यवसायिक रूपले सदुपयोग गर्न आग्रह गरेका छन् ।
रायले बिभिन्न संस्थाहरूसँग सहकार्य गदै गाउपालिका र वडाले पछिका दिनमा पनि यस्ता सीपमुलक तालिमहरू समय समयमा सञ्चालन गरिरहने प्रतिबद्धता व्यक्त गरे ।