बिर्तामोड / पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बुद्धशान्ति गाउँपालिका ४ बर्ने चिया कमानसँगै रहेको भाइरल रूख (गुलमोहर) वरपर वृक्षारोपण गरिएको छ । पूर्वमा पर्यटकीय स्थलको रुपमा  विकास हुँदै गएको यस स्थानमा आज बिभिन्न प्रकारका गुलमोहर, अमला, अम्बा लगायतका बिरुवा रोपिएको हो । 

सुन्दर र आकर्षक बनाउने उद्देश्यले जिल्ला बन कार्यालयबाट प्राप्त भएको  बिभिन्न प्रजातिका ४०० बिरुवा रोपन गरिएको वडाध्यक्ष शेर बा रायले जानकारी दिए । बुद्धशान्ति गाउपालिका र वडा न -४ को संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघ संस्था , क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मनोज प्रसाईँले पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको यस स्थानलाई सबैले मिलेर संरक्षण गर्न आवश्यक रहेको भन्दै वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउन वृक्षारोपण गरिएको बताए । गाउँपालिकाले उक्त स्थानमा केही समय अघिदेखी निशुल्क शौचालय सञ्चालन र बस्ने फलैचाको निर्माण गरेको छ ।