काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । बिहीबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

साथै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको भाउ आज ४० रुपैयाँले बढेको छ । बिहीबार १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।