बिर्तामोड /  झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका- ९ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका -७ की ४२ वर्षीया रूपा प्रधान ८ ग्राम  ब्राउनसुगर सहित नियन्त्रणमा लिइएको हो ।

यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका-१० का २६ वर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका- ३ की २५ वर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर  सहित पक्राउ गरेको हो । भने अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली- २ का २३ वर्षीय विजय खवासलाई प्रतिबन्धित  औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ ।