झापा / उदयपुरको त्रियुगा नगरपालिका- ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय युवराज राई रहेका छन् ।  हिजो दिउँसो त्रियुगा नगरपालिकाको सडक लाइन बत्तीमा कार्यरत राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका थिए ।

घाइते राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।