झापा / चट्याङ लागेर गुल्मीमा १५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।