बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भष्ट्राचार तथा घुस र चोरी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भष्ट्राचार (घुस) मुद्दाका दमक नगरपालिका–९ का ३७ वर्षीय सुवास गर्तौला र चोरी मुद्दाका बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय सुरज भन्ने सुरेश राजवंशी रहेका छन् ।
गर्तौला विशेष अदालतको मिति २०७५/०७/१५ गतेको फैसला अनुसार भष्ट्राचार मुद्दामा १ महिना कैद १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए भने राजवंशी झापा जिल्ला अदालतको मिति २०७७/०९/२३ गतेको फैसला अनुसार २ वटा चोरी मुद्दामा र मिति २०७८/१२/१० गतेको फैसला अनुसार १ वटा चोरी मुद्दामा २ वर्ष कैद २० हजार रुपैयाँ जरिवाना फैसला भई फरार थिए ।
दुबै जना फरार प्रतिवादीलाई पक्राउ गरेपछि सोमवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार उनीहरूलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।